टिकटकलाई दैनिक ५ लाख डलर घाटा, ७५ अर्ब डलरको भ्यालुएसन



नयाँ दिल्ली । भिडियो एप टिकटकलाई भारतमा प्रतिबन्ध लगाएपछि दैनिक ५ लाख अमेरिकी डलर उसलाई घाटा लागेको विवरण सार्वजनिक भएको छ ।

टिकटकको डेभलपर चीनको कम्पनी बाइटडास टेक्नोलोजी हो । समाचार ऐजेन्सी रोयर्टसका अनुसार पेइचिङ स्थित कम्पनीका अनुसार टिकटक भारतमा प्रतिबन्ध लागेपछि उसले २५० जनालाई रोजगारीबाट हटाउने विषयमा परामर्श लिएको उल्लेख गरेको छ ।

टिकटक विश्वको छोटोटो भिडियो सेयर गर्ने प्लेटफर्म हो । यो एपमा भिडियो बनाउनको लागि स्पेशल सुविधा दिएको छ । तथ्यांक विश्लेषक फर्म सेन्स टावरका अनुसार भारतमा ३ करोड युजर्सले यो एपलाई डाउनलोड गरेका छन् । विश्वमा टिकटकको १ अर्ब युजर्स रहेको बताइएको छ ।

भारतमा प्रतिबन्ध लगाउने निर्णयले चिनियाँ कम्पनी बाइटडसलाई भने ठूलो झट्का नै थियो । बाइटडसले भारतमा लगानी गर्ने योजना बनाएको थियो ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी डाइरेक्टर हेलेना लर्सले भारतीय आर्थिक पत्रिका मिन्टसँगको कुराकानीमा भारतीय प्रयोगकर्तालाई खर्च गर्ने बताएकी छन् ।

सन् २०१९ को अन्त्यसम्मा भारतमा टिकटक मा १ हजार जनाले रोजगारी पाउने उल्लेख गरेकी छन् ।

भारतको मन्द्रास हाइकोर्टले टिकटकले अश्लिता फैलाएको भन्दै यसको डाउनलोडमा प्रतिबन्ध लगाउनुपर्ने फैसला सुनाएको थियो ।

अदालतको आदेशसँगै भारतको केन्द्र सरकारले गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न नमिल्ने बनाएको थियो ।

यसको बजार पुँजीकरण ७५ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ ।


क्लिकमान्डु