पब्जी खेल प्रतिबन्ध नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश




काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध नलगाउन अन्तरिम आदेश जारी गरेको छ । केहि दिन अघि सरकारले पब्जी खेल प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न र प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।

पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्बोच्चमा रिट दायर गरेका थिए ।

पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल सरकारले खेल प्रतिवन्ध गर्न सम्वन्धित निकायलार्ई निर्देशन दिएको थियो ।


क्लिकमान्डु