भारतमा टिकटक प्ले स्टोरबाटै हटाइयो, नेपालमा के हुन्छ ?




काठमाडौं । पछिल्लो सयम निकै चर्चामा आएको सट भिडियो एप्स टिकटक भारतमा बन्द गरिएको छ ।
यौन गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा टिकटक बन्द गर्न अदालतमा मुद्धासमेत दायर भएको थियो । भारतमा गुगलको प्लेस्टोर र एपस्टोरबाट ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोरबाट अब टिकटक डाउनलोड गर्ने सुविधा उपलब्ध हुने छैन ।

मद्रासको उच्च अदालतले केहि दिनअघिनै  चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई सुझाब दिएकाे थियाे । टिकटकले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतले ठहर गरेको छ ।

नेपालमा पनि सरकारले पब्जी ब्याण्ड गरेको छ । अहिले टिकटकको पनि निकै विरोध हुँदै आएको छ र टिकटक पनि बन्द गर्नुपर्ने आवाज उठदै आएको छ । टिकटकका सन्दर्भमा नेपाल सरकारले केहि कदम चाल्छ वा चाल्दैन त्यो भने हेर्न बाँकि नै छ ।


क्लिकमान्डु