नयाँ वर्षमा टेलिकमले ल्यायो २ सय रुपैयाँमा ३ जीबी डाटा दिने प्याक



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ को अवसरमा विभिन्न योजना ल्याएको छ ।

सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


क्लिकमान्डु