सांग्रिला बैंकले दियो आगलागी पिडित बिद्यार्थीलाई छात्रवृत्ति



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटको खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पिडित परिवारका  विद्यालयमा पढ्ने बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।

आगलागि पिडित विद्यार्थीहरु अन्तर्गत २ जनालाई जनही ५० हजारका दरले छात्रवृत्ती प्रदान गरेको बैंकले जनाएको छ । कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्नेमा बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।


क्लिकमान्डु