लाभकर नतिर्दासम्म एनसेलको लाभांश लैजान रोक, तीन महिनाभित्र कर उठाउनुपर्ने
काठमाडौं । सर्बोच्च अदालतले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग तीन महिनाभित्रमा लाभकर उठाउनुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्ताशनको बृहत्त पूर्ण इजलासले एनसेलले लाभकर तिनुपर्ने फैसला गरेको थियो ।
फैसलाको पूर्णपाठ सार्वजनिक भएको थिएन ।
सर्बोच्च अदालतले एनसेल खरिदबिक्रीको लाभकर नतिर्दासम्म लाभांश वापतको रकम लैजान समेत रोक लगाएको छ । फैसला प्राप्त भएको मितीले तीन महिनाभित्रमा एनसेलबाट कर कार्यालयले लाभकर उठाउनुपर्ने हुन्छ । लाभकर नतिर्दासम्म एनसेलको खरिदबिक्री समेत गर्न पाउने छैन ।
सर्बोच्चको पूर्णपाठसँगै ठूला करदाता कार्यालयलाई एनसेलमाथि कर लगाउने बाटो खुल्ला भएको छ ।