सिटिजन्स बैंकको डेपुटी सीइओमा बोधराज देवकोटा नियुक्त, २३ वर्षको अनुभव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७५ साल चैत्र २४ गते आइतबार बसेको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई डेपुटी सीइओमा नियुक्ति गरेको छ ।

२०७६ साल बैशाख १ गतेबाट लागु हुनेगरी डेपुटी सीइओमा नियुक्त गरेको हो ।

तत्कालीन डेपुटी सीइओ गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृतमा हालै नियुक्त भई रिक्त भएको डेपुटी सीइओ पदमा देवकोटालाई नियुक्त गरिएको हो ।

देवकोटाले स्थापनादेखि नै बैंकसँग आबद्ध भई विभिन्नओहदामा रही नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको छ । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

यसबैंकमा आबद्ध हुनु अगाडी उहाँ नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहेर काम गरेको अनुभव पनि छ । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंकले देशभर ८१ वटा शाखा, ७५ वटा एटएिम र ९९ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करीब ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

त्यसैगरी, शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।


पुष्प दुलाल