जनता बैंकद्धारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
काठमाडौं । जनता बैंक नेपालले ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको अबसरमा विभिन्न सामाजिक काम गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा समाज प्रतिको दायित्व पुरा गर्न बैंकले विभिन्न सामाजिक कार्य गरेको जनाएको छ ।
बैकले सम्पन्न गरेका विभिन्न सामाजिक कामहरुमा प्रभातफेरी, निशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, विद्यार्थी, बृद्धबृद्धाहरुलाई सहयोग र विभिन्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति हस्तान्तरण रहेका छन । छात्रबृति अन्तर्गत विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण गरिएको थियो ।
बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै आएको छ ।