यौन गतिविधिलाई प्रोत्साहन गरेको भन्दै टिकटक बन्द गर्न माग



काठमाडौ । पछिल्लो समय अत्याधिक प्रयोग हुने मोवाइल एप्स हो टिकटक । तर टिकटकका कारण यौन गतिविधि बृद्धि भएको भन्दै भारतको अदालतमा मुद्धा परेको छ । भारतको मदरास उच्च अदालतमा उक्त मुद्दा दायर भएको हो ।

उक्त मुद्दाको सुनुवाई गर्दै भारतको मदरास अदालतले केन्दि«य अदालतलाई चाइनिज भिडियो एप्स टिकटक बन्द गर्न भनेको छ । टिकटकले पोर्नोग्राफीलाई प्रोत्साहन गरेको आरोप टिकटकमाथि लागेको हो ।

टिकटकले प्रयोगकर्ताहरुलाई विशेष इफेक्ट सहितको सानो भिडियो बनाइ शेयर गर्न अनुमति दिन्छ । हाल भारतका मात्रै यसका प्रयोगकर्ता झण्डै साढे पाँच करोड रहेका छन ।

टिकटक विरुद्ध परेको मुद्धाको सुनुवाई गर्दै मदरास हाइ कोर्टले बुधबार भनेको छ– टिकटक प्रयोग गर्ने बच्चाहरु यौन हिंस्रक विशेषता देखाउनेतर्फ उन्मुख भएको भेटिएको छ ।

पोर्नोग्राफी, सांस्कृतिक विचलन, बाल शोषण, आत्महत्या जस्ता विभिन्न विषयमा टिकटकले प्रोत्साहन गरेको आरोप लगाई अदालतमा मुद्दा दायर भएको हो ।

टिकटकको भयानक पक्ष अनुपयुक्त कन्टेन्ट रहेको अदालतको भनाई छ । टिकटकको प्रयोग गरि बनाइने प्रयाङक भिडियोले प्राइभेसी समेत उल्लङघन भएको बताइएको छ ।


पुष्प दुलाल