एशियाका यी युवा उद्यमी, जसले ३० वर्ष नपुग्दै धमाका मच्चाए
काठमाडौ । विश्वविख्यात म्यागेजिन फोर्ब्सले सन् २०१९ का लागि ३० वर्ष मुनिका एशियाका सबैभन्दा चम्किला युवा उद्यमी र निर्माताहरुको सूची सार्वजनिक गरेको छ ।
फोर्ब्सले उक्त सूची सार्वजनिक गर्नका लागि २३ वटा देश तथा क्षेत्रहरुबाट युवाहरुको प्रारम्भिक सूची तयार पारेको थियो ।
एशियाका ३० वर्षमुनिका चम्किला उद्यमीमा पर्नेहरुमा मङगोलिया, काजस्थान, किर्गीस्ता र लावस देशबाट पहिलो पटक परेका छन् । जसले गर्दा सन २०१९ को सूची पहिलाका सूचीभन्दा समाबेशी बनेको फोर्ब्सले जनाएको छ ।
फोर्ब्सको यो सूचीमा पर्नेहरु निश्चित समयका लागि व्यवसाय शुरु गरेका युवाहरु नभई व्यवसायको सकारात्मक असर लामो सयमको लागि र विशेषगरी विकासोन्मुख मार्केटलाई लक्षित गरी योजना बनाएर व्यवसाय गरेका युवाहरु परेका छन् ।
उक्त सूचीमा पर्ने मध्येका एक हुन् हेल्थम्याचका प्रखुख संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक मनौरी गुनावार्देना । उनी युनिभर्सिटी अफ न्यु साउथका मेडिकल विद्यार्थी हुन । उनले सन २०१७ मा हेल्थम्याच स्थापना गरेकी हुन् ।
त्यसै गरी यो सूचीमा पर्ने अर्का युवा उद्यमी हुन रिचार्ड यिम । उनी कम्बोडिमा रहेको डिमाइन रोबोटिक्सका सह-संस्थापक हुन् । उनकी काकीले खानी विस्फोटमा परेर ज्यान गुमाएकी थिइन । २५ बर्षिया सामाजिक उद्यमी रिचार्ड यिम आफुले बनाएको रिमोर्ट कन्ट्रोल रोबोट जेभिटले जमिन मुनिको खानीभित्र काम गर्नसक्छ ।
काकीको मृत्युपश्चात खानी विष्फोटमा परि कसैले ज्यान गुमाउन नपरोस भन्ने सोचले उनले संसारको पहिलो रिमोट कन्ट्रोल रोबोट बनाएका थिए । उक्त सोच लिएर कम्पनी शुरु गरेका यिम अहिले फोर्ब्सको सूचीमा पर्न सफल भएका छन् ।
कम्बोडियामा सन १९७९ यता भएका ६४ हजार भन्दा धेरै जमिनमुनीका बम चुनौति र त्यसले निम्त्याएका नतिजालाई केन्द्र बनाएर यिमको कम्पनीले काम गर्दछ । यिमले रिमोट कन्ट्रोल जेभिटलाई त्यहाँमात्र नभएर अफगान्स्तान, कम्बोडिया र इराक जस्ता द्धन्द्धग्रस्त क्षेत्रमा पनि प्रयोग गर्ने सोच बनाएका छन् ।
अनाहिता ढोन्डी यो सूचिमा पर्न सफल अर्की युवा उद्यमी हुन । २८ वर्षिय ढोन्डीले नयाँ दिल्लीमा पार्सी रेष्टुरेन्ट व्यवसाय चलाउछिन । भारतीमा पाइने विभिन्न प्रकारका कोदो र घरमा उत्पादन गरिएका अन्य शक्तिबद्र्धक अन्न त्यस रेष्टुरेन्टमा प्रयोेग गरिन्छ ।
मङगोलियाका अर्कलोन एङक्तसेटसेज ३० जनाको सूचीमा पर्ने अर्का उद्यमी हुन् ।
क्लिन इनर्जी क्षेत्रमा उल्लेखनीय काम गरेका उनी क्लिन इनर्जी एशियाका प्रमुख कार्यकारी अधिकृत हुन । उक्त देशमा रहेको गोबी मरुभुमिमा उनले ५० मेगावाटको विन्ड फार्म बनाउन सुरुमै १२८ मिलियन डलर खर्च गरेका थिए ।
त्यस्तै फोब्र्सको यो सूचीमा पर्न सफल ३० वर्षमुनिका उर्जाशिल युवा उद्यमीहरु यसप्रकार रहेका छन ।
–रकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोसी मिकितानी
–क्युमिङ भेन्चर पार्टनर्सका म्यानेजिङ पार्टनर जेपि गन
–ब्लुबर्ड ग्रुप होल्डिङका प्रेसिडेन्ट डाइरेक्टर नोनी पुर्नोमो
–सिनोभेसन भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत काइफु लि
–इरोस इन्टरनेशनलका अध्यक्ष किशोर लुल्ला
–बाइनान्सका प्रमुख कार्यकारी अधिकृत च्याङपेङ जाव
–न्याका डट कम का संस्थापक फाल्गुनी नयर
–क्याच्का ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक प्याट्रिक ग्रुभ
–टेनिस सुपरस्टार केइ निशिकोरी
यो सूची तयार पार्नका लागि फोब्र्सले २ हजार अनलाइन आबेदनहरु लिएको थियो । त्यसमध्ये फोब्र्सको रिसर्च टिमले २ हजार आबेदकहरुमध्येबाट ५ सय जनाको सटलिस्ट तयार पारेको थियो । ५ सय जना मध्येबाट पनि ३ सय जनाकाे अझै छाेटाे सुची तयार पारिएकाे थियाे । विभिन्न मापदण्ड पुरा गरी यी युवाहरु सूचीभित्र आफ्नो नाम पार्न सफल भएका थिए ।