१५.७८ रुपैयाँको लाभांशले समेत बढेन शिवम् सिमेन्टको मूल्य



काठमाडौं । शिवम् शिमेन्टले प्रति सेयर १५ रुपैयाँ ७८ पैसाको दरले नगद लाभांश दिने घोषणा गर्यो ।

शिवम् शिमेन्टको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँमा १५ रुपैयाँ ७८ पैसाको दरले हुन आउने ६९ अर्ब ४७ करोड रुपैयाँ लाभांश दिने निर्णय शिवम् सिमेन्टले गरेको छ ।
दोस्रो बजारमा सेयर कारोबार भएको अर्को साता नै शिवम्ले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश बाड्ने निर्णय गरेको हो ।

प्रिमियममा सर्वसाधारणलाई प्रतिकित्ता ३ सय र स्थानीयलाई २ सय रुपैयाँले दरले सार्वजनिक निष्कासन गरेको शिवम्ले कारोबार सुरु हुँदा ४१८ रुपैयाँको रेन्च पाएको थियो । त्यसपछि कारोबार हुँदा हरेक दिन शिवम्को सेयर मूल्य घटेको घट्यै छ ।

शिवम्का सेयरधनीले बिक्री मूल्य घटाउदै लगेका छन् । बिक्रीकर्ता पनि मूल्य घट्न थालेपछि झनै तल झरेर लिन थालेका छन् ।

बिहीबार नगद लाभांश घोषणा गरेपनि शिवम्को सेयर मूल्य बढ्न सकेन । शिवम्को सेयर मूल्य बिहीबार प्रतिकित्ता ७ रुपैयाँको दरले घटेको छ । बुधबार प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएको शिवम्को सेयर मूल्य बिहीबार ७ रुपैयाँले तल झरेको छ ।

मूल्य घटेपनि लाभांश घोषणा भएको दिन शिवम्को सेयर बजारमा सबैभन्दा बढी कारोबार भएको छ । शिवम्को २ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र सेयर बजार सूचांक भने बिहीबार २.०१ अंकले उकालो लागेको छ । नेप्सेमा १६८ कम्पनीको सेयर खरिदबिक्री हुँदा २४ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु