अर्थमन्त्री खतिवडाले भने- लगानी सम्मेलनमा दर्जन परियोजनामा सम्झौता हुन्छ

1k
Shares

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले लगानी सम्मेलनमा एक दर्जन परियोजना अगाडि बढाउनको लागि लगानीकर्तासँग सम्झौता हुने बताएका छन् ।

लगानी बोर्डको बैठकपछि पत्रकारहरुलाई जानकारी दिदै अर्थमन्त्री खतिवडाले एक दर्जन परियोजना अगाडि बढाउनको लागि द्विपक्षिय सम्झौता हुने बताए ।

सम्मेलनमा ६ सय देखि ७ सय विदेशी लगानीकर्ता र ४ सय जना स्वदेशी लगानीकर्ता सहभागि हुने छन् । लगानी सम्मेलनको लागि लगानी बोर्डले ७५ वटा परियोजनालाई शोकेश गरेको छ । जसको विस्तृत विवरण लगानी बोर्डले बेवसाइटमा राखेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानीका विविध विषयमा समेत छलफल हुने छ ।