स्पर्श लघुवित्त वित्तिय संस्थाको आइपिओ बाँडफाँड



स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले बाँडफाँड गरेको जनाएको छ ।

एक सय रुपैयाँ अंकित दरको २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयरमा ५ प्रतिशत सामुहिक लगानी कोषको लागि र निष्कासनकर्ताको कर्मचारीलाई ४ हजार १४८ कित्ता आरक्षण दिइएको थियो । बाँकी २ लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो ।

सर्वसाधारणमा खरिद आह्वान गरिएकोमाजम्मा २ लाख ९८ हजार ३५३ जना आवेदकबाट ८१ लाख २२ हजार ९४० कित्ताको लागि आवेदन परेको थियो । गोलाप्रथाबाट २५ हजार २०० जना आवेदकलाई १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु