लिलाममा रहेको सेयर अब उपत्यका बाहिरबाट पनि आवेदन दिन सकिने



काठमाडौं । उपत्यका बाहिर रहेर पनि लिलाममा रहेको सेयर खरिद गर्न चाहने लागनीकर्ताहरुले अब काठमाडौं आउन नपर्ने भएको छ । धितोपत्र बोर्डले उपत्यका बाहिरका स्थानहरुबाट समेत लिलाम प्रकृयामा आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयरको लिलाम प्रकृयामा रहेको सेयर उपत्यका बाहिर बाटै आवेदन दिन मिल्ने व्यवस्था गरेको हो ।

बोर्डले प्रादेशिक संरचना तथा आर्थिक रुपमा सकृय रहेका ठाउँबाट आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले उपत्यका बाहिरका साटवटै प्रदेशबाट आवेदन दिन मिल्ने व्यवस्था मिलाएको हो ।

सातै प्रदेशबाट यस्तो सेयरमा आवेदन दिन मिल्ने व्यवस्था गर्न व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई परिपत्र गरिएको बोर्डले जनाएको छ । यसले गर्दा हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहजै सहभागीता जनाउने पाउने छन् ।


क्लिकमान्डु