अनिल अम्बानी जसले १२ वर्षमा गुमाए ४३ अर्ब अमेरिकी डलर



१० वर्ष अगाडि अनिल अम्बानीले आफ्नो दाई मुकेश अम्बानी विरुद्द १ खर्ब रुपैयाँको मानहानी केस दर्ता गरेका थिए ।

मुकेश अम्बानीले न्यूयोर्क टाइम्समा दिएको अन्तरवार्तामा उनले अनिल अम्बानीसँग छुट्टिनु अगाडि आफ्नो विरुद्द लबिस्ट र जासुस गर्ने टिम लगाएको आरोप लगाएका थिए । त्यो अन्तरवार्तापछि अनिलले मानहानीको मुद्दा दायर गरेका थिए ।

यो हप्ता अनिल अम्बानीले फरक किसिमको बयान दिए । उनले भने,‘मेरो आदरणिय दाई भाउजुप्रति अन्तरमनबाट नै धन्यवाद् दिन्छु,मुश्किल समयमा मेरो साथ दिएकोमा।’

मुकेशले ऋण तिरिदिएपछि जेल जानबाट जोगिए अनिल

मुकेश अम्बानीले पैसा दिएर अनिल अम्बानीलाई जेल जानबाट बचाएका थिए । मुकेश र अनिलका बुवा धिरुभाई अम्बानीको निधनसँगै दुईभाईबीचको विवाद अदालतसम्म पुगेको थियो । कारोबारको साम्राज्य रिलायन्स दुई हिस्सामा बाडियो ।

स्वीडेनको कम्पनी एरिक्सनलाई ७.७ अर्ब डलर दिनको लागि मार्च २० सम्मको समय थियो । भारतको सर्बोच्च अदालतले समयसिमाभित्र पैसा नबुझाए अनिल अम्बानी तीन महिनाको लागि जेल जानुपर्ने फैसला गरेको थियो ।
मुकेश अम्बानीले आफ्नी आमा कोकिला बेनको आग्रहमा भाईको ऋण चुक्ता गरेको बताइएको छ ।

सन् २००७ मा अम्बानी भाईहरुको अशंबण्डा भएको दुईवर्ष पुगेको थियो । सो वर्ष फोब्र्सले निकालेको अर्बपतिको सूचिमा दुईभाई निकै नै अगाडि थिए । यद्यपी सम्पत्तिको मामलामा अनिलभन्दा मुकेश केही अगाडि थिए ।

यसरी गुम्यो सम्पत्ति

सो वर्ष मुकेशसँग ४९ अर्ब डलर बराबरको सम्पत्ति थियो भने अनिलसँग ४५ अर्ब अमेरिकी डलरको सम्पत्ति थियो ।

सन् २००८ मा धेरै मानिसलाई लागेको थियो कान्छो भाई दाईभन्दा निकै नै अगाडि बढ्ने छ । रिलायन्स पावरको पब्लिक इस्यु आउनु अगाडि सबैको यही अनुमान थियो ।

के अनिल अम्बानी टाट पल्टेका हुन् ? ३२ करोड रुपैयाँ बुझाउन समेत मुश्किल

धेरैको अनुमान उनको महत्वकाक्षीं परियोजनाको कारण सो कम्पनीको एक कित्ता सेयर १ हजारसम्म पुग्ने थियो । यस्तो भएको भए दाई मुकेशभन्दा भाई अनिल निकै नै अगाडि गएका हुने थिए ।

सन् २०१९ मा फोब्र्सले २०१८ को धनी व्यक्तिको सूचि सार्वजनिक गरेको छ । २००७ को तुलनामा मुकेशको सम्पत्ति केही कमी आएको छ । उनीसँग ४७ अर्ब डलरको सम्पत्ति छ । उनी एशियाकै सबैभन्दा धनी व्यक्ति हुन् । अनिल अम्बानीको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर छ ।

अर्थात अनिलले पछिल्लो १२ वर्षमा ४३ अर्ब ३० करोड अमेरिकी डलर गुमाए । अर्थात नेपालको जिडिपीको आकारभन्दा बढी रकम अनिल अम्बानीले १२ वर्षमा गुमाएका छन् ।

एक दशक अगाडि अनिल अम्बानी धनी भारतीयको सूचिमा थिए । उनलाई कारोबारको दुनियामा सबै व्यवसाय अगाडि बढेको र अनिलले त्यसलाई फाइदा उठाएको भनिएको थियो ।

व्यवसायले भन्दैन दाजुभाई, मुकेशले टेलिकममा हात हालेपछि अनिलको व्यवसाय धरापमा

त्यो बेला आर्थिक मामिलाका विश्लेषकहरु बुझाई अनिलसँग भिजन र युवा जोश सहितको २१ औ शताब्दीको उद्यमी रहेको भन्ने थियो । उनको नेतृत्वमा भारतमा एउटा बहुराष्ट्रिय कम्पनीको जन्म हुने विश्वास धेरैको थियो ।

पुरा विश्व उनीसँग रहेको थियो । अनिलले आलोचक र आफ्नो दाईलाई गलत सावित गर्न खोजेको भन्ने थियो । तर,वास्तविकता यस्तो भएन ।

अनिल अम्बानी चामत्कारी ढंगले व्यवसायलाई अगाडि नबढाएमा उनलाई अब भारतीय कारोबार इतिहासको एक असफल व्यक्तिको रुपमा लिइन्छ । जसले एक दशकको अवधीमा ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएको छ । उनले आफ्नो सम्पत्तिसँगै उनका कम्पनीमा लगानी गर्ने सेयरधनीको सम्पत्ति समेत डुबाएका छन् ।

अनिल अम्बानीले अब कुनै व्यवसाय सुरु गर्न सक्ने अवस्थामा छैनन् । उनीसँग कर्जाको भारी छ । उनले आफ्नो व्यवसायलाई बेचेर कर्जा चुक्ता गर्न गइरहेका छन् । पछिल्लो समय राफेल विवादले उनलाई थप समस्यामा पारेको छ ।

अनिल अम्बानी र मुकेश अम्बानीका बुवा धिरुभाई अम्बानीको धिन सन् २००२ मा भएको थियो । उनका बुवाको समयमा कम्पनीको बृद्धि हुनको पछाडि चारवटा कारण थिए । ठूला परियोजनालाई सफल ढंगले संचालन,सरकारसँग राम्रो तालमेल,मिडिया व्यवस्थापन र लगानीकर्ताको चाहनालाई पुरा गर्नु ।

यो चारवटा कारणलाई नियन्त्रणमा लिएर धिरुभाईले केही समयमा नै व्यवसायमा साम्राज्य खडा गरेका थिए । मुकेशले बाबुले अपनाएको नीतिलाई कार्यान्वयन गरे तर,अनिल यसमा असफल भए ।

धिरुभाईलाई सधै जानकारी थियो उनी एउटा आर्थिक लहरमा हिडेका छन् । उनी अगाडि बढ्न र रिलायन्सका सेयरधनीलाई नाफा वितरण गर्नको लागि नगद प्रवाह चाहिन्छ । जसले सेयरको मूल्यपनि उच्च हुन्छ ।

सन् २००८ को आर्थिक संकटले मुकेश अम्बानीलाई ठूलो झड्का लाग्यो । उनको सम्पत्ति ६० प्रतिशतसम्म घट्यो । यस्तो कठिन अवस्थामा उनी अब पुरानो अवस्थामा फर्किसकेका छन् ।

तर,अनिल अम्बानीले भने हरेक वर्ष सम्पत्ति गुमाउदै गए । सन् २००५ मा जब अंशबण्डा भयो । रिलायन्स उद्योगको स्वामित्व मुकेशसँग थियो । जसले सबैभन्दा बढी मुनाफा समेत दिने गरेको थियो ।

अनिलको हाथमा टेलिकम कम्पनी थियो । जसको व्यवसायको सम्भावना अधिक थियो । मुकेशको व्यवसायले पैसा छापी रहेको थियो । तर,अनिलसँग रहेका कम्पनीमा लगानी बढाउनुपर्ने चुनौती थियो ।

अनिल अम्बानी पनि कच्चा खेलाडी थिएनन् । उनले अशंबण्डा हुँदा यस्तो सत्र राखेका थिए । रिलायन्स इडष्ट्रिजबाट अनिलको कम्पनीलाई सस्तो मूल्यमा ग्यास उपलब्ध हुन्थ्यो । जसलाई अनिलले आफ्नो प्लान्टमा प्रयोग गरेका थिए । तर,अनिलको दुर्भाग्य उनको यो योजना सफल हुन सकेन । अदालत र राजनीतिको कारण अनिल सफल भएनन् । केन्द्र सरकार र उनका दाईले अनिललाई अदालत लगे ।

सन् २०१० मा सर्बोच्च अदालतले ग्यास प्राकृतिक सम्पत्ता भएको र यसको मूल्य निर्धारण गर्ने अधिकार सरकारसँग भएको फैसला गर्यो ।

जसले गर्दा उनले बजारबाट महंगो मूल्यमा इन्धन खरिद गर्नुपर्यो । उनलाई रिलायन्स पावरको आइपिओबाट धेरै आशा थियो । ७२ गुणा मागभन्दा बढी आवेदन समेत पर्यो ।

२०१८ को फेब्रअरी महिनाको ११ तारिकमा सेयर सूचिकृत भयो । ५३८ मा खुलेको थियो । तर,पहिलो दिनबाट नै कम्पनीको सेयर मूल्यमा गिरावट आयो । ५३८ मा खुलेको सेयर बजार बन्दा हुँदा ३७२ मा झरेको थियो । अहिले रिलायन्स पावरको सेयर मूल्य १२ रुपैयाँमा झरेको छ । जुन कम्पनीबाट लगानीकर्ताले पनि ठूलो रकम गुमाएका छन् । बिबिसी हिन्दीबाट


क्लिकमान्डु