ठुलो मात्रामा डाटा हराएपछि माइस्पेसले माफी माग्यो



काठमाडौ । सबैभन्दा पहिले चलेका अनलाइन सोसल नेटवर्कमध्येको एक हो माइस्पेस । सन २००३ मा स्थापना भई निरन्तर चल्दै आएको माइस्पेश आखिर किन अहिले माफी माग्ने अवस्थामा पुग्यो ?

माइस्पेसले अहिले सर्भर परिवर्तन गर्यो । तर त्यो सर्भर परिवर्तन गर्ने क्रममा उसले पहिले अपलोड भएका फोटो, भिडियो र अडियो फाइलहरु सबै सुरक्षित गर्न सकेन । धेरै वर्ष अघिदेखि अपलोड भएका धेरै डाटाहरु उडेकोमा उसले माफी माग्नुपर्ने परिस्थिति आयो ।

माइस्पेसले आफ्नो वेभसाइटमा भनेको छ– तीन वर्ष भन्दा पहिले अपलोड गरिएका कुनै पनि फोटो, भिडियो र अडियो फाइलहरु उपलब्ध नहुन सक्छन ।

धेरै महिना अघिदेखिनै म्युजिकका लिङकले काम नगरेको गुनासो माइस्पेसले खेप्दै आएको थियो । शुरुवाती चरणमा त्यत्ति चल्न नसकेपनि पछि यसले करौडौ प्रयोगकर्ताको ध्यान खिच्न सफल भएको थियो ।

अझ गजबको कुरा त के छ भने सन २००६ मा माइस्पेसले गुगललाई पछि पार्दै सर्वाधिक प्रयोग गरिएको बेबसाइट बनेको थियो । नयाँ म्युजिक शेयर गर्नका लागि यो निकै चर्चित प्लेटफर्म बनेको थियो ।

सर्भर परिवर्तनका क्रममा हुन गएको क्षति र त्यसले पारेको असरप्रति माइस्पेसले क्षमा मागेको छ । १४ मिलियन कलाकारले उपलोड गरेका करिब ५० मिलियन ट्रयाकहरु गुमेको हुन सक्ने अनुमान रहेको छ ।


क्लिकमान्डु