इरिक्सनलाई ४५३ करोड भारु नतिरे अनिल अम्बानी जेल जाने
काठमाडौं । मुकेश आम्बनी हरेक वर्षको धनीको उच्च स्थानमा चढीरहेको बेला अनिल आम्बानी भने चरम संकटमा फसेका छन् । उनले अबको ३ दीन भित्र ४५३ करोड भारतीय रुपैयाँ जम्मा नगर्ने उनी अनिवार्य रुपमा जेल जानुपर्ने भएको छ ।
जेल जानबाट जोगिनका लागि उनले तत्काल उक्त रकम जम्मा गर्नुपर्ने भएको छ । भारतको सर्वोच्च अदालतको आदेश बमोजिम उनले एरिक्सन कम्पनीलाई रकम तत्काल भुक्तान गर्नुपर्नेछ । पैसा जम्मा गर्ने विषयमा उनले गरेको प्रयासलाई भारतको एनसीएलएटीलेको निर्णयले झट्का लगाइदिएको छ । आरकोमको खातामा रहेको कर फिर्ता पाउने २५९.२२ करोड भारतीय रुपैयाँ लिनका लागि गरिएको अपिल समेत खारेज भएको छ ।
अनिलले कर फिर्ताका लागि गरेको आवेदनलाई खारेज गरेपनि उनी थप समस्यामा परेका हुन् । आरकोमको बैंक तथा वित्तीय संस्थामा ४६००० करोड भारतीय रुपैयाँ बराबरको ऋण रहेको छ । खाताबाट पैसा रिलिज गर्नका गर्न बैंकको स्वीकृती जरुरी पर्दछ ।
एरिक्सन बिवादमा भारतको सर्वोच्च अदालतले गत जनवरी २० मा आदेश दिएको थियो । सो आदेश अनुसार चार साता भित्र रकम चुक्ता गर्न आदेश दिएको थियो । उक्त रकम चुक्ता नगरे अनिल ३ महिना जेल जानुपर्नेछ ।