कामना सेवा विकास बैंक र ग्रान्डि हस्पिटलबीच विशेष छुट सम्वन्धि सम्झौता



काठमाडौ । कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट अादानप्रदान सम्वन्धि सम्झौता भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार अब यस बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन ।


क्लिकमान्डु