महिलाको संख्या ३३ प्रतिशत नपुर्याए घटने भयो रेटिङ



काठमाडौं । आजको दिनमा दुनियाँमै महिला र पुरुष बराबर भनिएपनि त्यस अनुसारको व्यवहार हुन सकेको छैन ।

संसारका ठूला ठूला व्यवसायिक कम्पनीले आफ्नो कार्यालयमा महिला कर्मचारीको संख्या बढाउन जोड दिँदै आएको भएपनि त्यस अनुसारको व्यवहार हुन सकेको छैन । जब कम्पनीको बोर्ड तथा सञ्चालक समितिमा महिलालाई लैजाने विषय आउँछ, तब भनिन्छ योग्यता पुगेको छैन, क्षमता छैन, आदि इत्यादी ।

त्यस्तो बेलामा महिलालाई नकारात्मक कोणबाट मात्रै हेर्ने गरिएको छ । यस्तो अवस्था देखेपछि बेलायतको इन्वेस्टमेन्टले सरकार समर्थित संस्था हेपटन एलेक्जेंडर रिभ्यू ६९ कम्पनीमा पत्र लेखेर कम्पनीको सञ्चालक समितिमा महिलाको संख्या बढाउन निर्देशन दिएको छ ।

त्यस कम्पनीले सन् २०२० सम्म सञ्चालक समितिमा महिलाको संख्या कम्तीमा पनि ३३ प्रतिशत पुर्याउन निर्देशन गरेको छ । उक्त कम्पनीले डोमिनोज पिज्जा, जेडी स्पोर्टस र ग्रीन किंग जस्ता कम्पनीलाई पहिलो सूचीमा राखी तत्काल महिलाको संख्या बढाउन भनेको हो । अधिकाशं संस्थामा महिला कर्मचारीको पनि संख्या कम रहेको छ । जुन कम्पनीले सन् २०२० सम्म हालको स्थितीमा सुधार गर्दैनन् ।

उनीहरुलाई काम गर्न समेत अप्ठ्यारो पर्नेवाला छ । किनकी त्यस्ता कम्पनीको रेटिङ समेत कम हुने गरी आवश्यक निर्णय गरिनेछ । रेटिङ घटेने वित्तिकै कम्पनीका लागि आवश्यक पर्ने लगानी योग्य रकम जुटाउन समेत समस्या पर्नेवाला छ ।

बेलायतका २५० कम्पनी इन्वेस्टमेन्टमा जोडिएका छन् । उसको साथामा ७.७ ट्रिलियन पाउण्ड बराबरको सम्पत्ति रहेको छ । उक्त संस्थाले सञ्चालक समितिमा कम्तीमा पनि एक जना महिला अनिवार्य गर्नुपर्ने छ ।

भारतको नियमानुसार कम्पनीको बोर्डमा एक जना महिला अनिवार्य रहेको छ । तर यस्तो नियमकोृ प्रभावकारी हुन सकेको छैन । २०१८ को नियमानुसार भारतीय कम्पनीको बोर्डमा रहेका छन् । भारतका कूल १७२३ कम्पनी मध्ये १६६७ कम्पनीमा एक जना महिला बोर्डमा सहभागी छन् । तर अधिकाशं मुख्य लगानीकर्ताको आफन्त रहेका छन् ।


क्लिकमान्डु