बैंक तथा वित्तीय संस्थाकोे निक्षेप ८.७ % ले बढ्दा निजी क्षेत्रको कर्जा १४% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.३ प्रतिशतले बढेको छ ।

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३३.५ प्रतिशत र ४७.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३६.६ प्रतिशत र ४३.९ प्रतिशत रहेको थियो । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.८ प्रतिशत रहेको छ । गत माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु बाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३.५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १३.१ प्रतिशतले, विकास बैंकहरुको २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको ११.८ प्रतिशतले बढेको छ ।

यो अवधिमा कुल आन्तरिक कर्जा १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा यस्तो कर्जा २७.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २२.८ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु