फेसबुक र ह्वाट्सएपका उच्च पदाधिकारीले किन छोडे जागिर ?




काठमाडौ । लोकप्रिय सामाजिक संञ्जाल फेसबुकका दुई उच्च अधिकारीहरले फेसबुक छोडेका छन । फेसबुकको इतिहासमा सबैभन्दा ठुलो समस्या आएको दुई दिनमै दुई उच्च पदका अधिकारीले फेसबुकबाट बिदा लिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकका चिफ प्रोडक्ट अफिसर क्रिस कोक्स र ह्वाटसएपका प्रखुख क्रिस डेनियलले उक्त संस्थाबाट बिदा भएको बताएका छन ।

कोक्सले सन २००५ मा फेसबुकमा काम शुरु गरेका थिए भने डेनियलले काम शुरु गरेको भर्खर एक वर्ष पुगेको छ ।

उनीहरुको बर्हिगमनको ठोस कारण भने खुलाइएको छैन । फेसबुक, ह्वाटसएप, इन्स्टाग्राम लगायत केहि सञ्जालमा दुइ दिन अघि ठुलो समस्या आएको थियो । मार्क जुकरवर्गले फेसबुकलाई नयाँ सुरक्षा केन्द्रित ढाँचामा परिवर्तन गर्ने बताएको केहि समयमा नै उक्त दुई पदाधिकारीहरु बर्हिगमन भएका छन ।

फेसबुकमा कार्यरत कोक्स सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत रहि विभिन्न विशेषताहरु थप गर्न निकै महत्वपुर्ण भुमिका खेल्दै आएका थिए । उनको बर्हिगमनलाई लिएर फेसबुकका संस्थापक जुकरवर्गले खास कारण खुलाएका छैनन । तर उनले आफु छलफलमा भएको र धेरै वर्षका लागि केहि नयाँ गर्ने इच्छा भएको बताएका छन ।

त्यसैगरी ह्वाट्सएपका प्रमुख डेनियलको ठाउँमा अब फेसबुक मोबाइल एपका प्रमुख विल क्याथकार्ट आउने छन । तर फेसबुकबाट हटेका कोक्सको ठाउँमा को आउँछ भन्नेबारे केहि खुलाइएको छैन ।

फेसबुकले विगत दुइ वर्षमा धेरै जना कार्यकारी व्यक्तिहरु गुमाएको छ । फेसबुकलाई प्रयोगकर्ताको सुरक्षामा ध्यान नदिएको र नचाहिने विषयबस्तु र गलत सूचना सम्प्रेषण गरेको आरोप व्यापक रुपमा लाग्दै आएको छ । विभिन्न आरोप र बेलाबेलामा समस्या आएपनि फेसबुकले भने आफ्ना प्रयोगकर्ताको संख्या बढिरहेको जनाएको छ । तर केहि अनुसन्धानहरुले उल्लेख गरे अनुसार अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या सन २०१७ यता १५ मिलियनले घटेको छ ।
एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु