मध्यरात फेसबुकमा किन आयो त्यस्तो समस्या ?
काठमाडौं । नेपाली समय अनुसार बुधबार राती १० बजेपछि सामाजिक सञ्जाल फेसबुकमा एक प्रकारको समस्या देखा पर्यो । फेसबुक खुलेपनि कुने पनि सामग्री प्रकाशित नहुने र कुनै पनि सामग्री नदेखिने समसयाका कारण धेरैले सास्ती व्यहोरे ।
पछिल्लो समय मानिसको दैनिक जीवनको एक अभिन्न अंग जस्तै बनीसकेको सामाजिक सञ्जालमा देखिएको त्यस्तो समस्या के हो भन्ने बारेमा फेसबुकको व्यवस्थापनले हालसम्म आधिकारिक जानकारी दिएको छैन ।
फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको बिबिसीले जनाएको छ । नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको भन्दै धेरैले फेसबुकलाई जानकारी गराएका थिए ।
फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ । फेसबुकको पेज खुलेपनि खुले पनि त्यसमा सामग्री प्रकाशित हुन नसकेको र त्यसबाट कुनै पनि जानकारी पाउन नसकिएको बताइएको छ । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ । ह्वाट्सएपमा यसको असर नदेखिएको जनाइएको छ ।
फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ – फेसबुकले एक विज्ञप्तिमार्फत सामान्य जानकारी मात्रै दिएको छ ।
अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले प्रष्ट पारेको छ । अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको हो ।
बिबिसीकाअनुसार यस अघि पनि सन् २००८ मा यस्तो सेवा अवरोध भएको थियो । सो समयमा विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड मात्रै थिए । हाल सो संख्या २ अर्ब ३० करोड प्रयोगकर्ता पुगिसकेको छ ।