काठमाडौ मैतिदेवीमा महालक्ष्मी विकास बैँकको नयाँ शाखा
काठमाडौ । महालक्ष्मी विकास बैंकले काठमाडौको मैतिदेवीमा नयाँ शाखा खोली कारोबार शुभारम्भ गरेको छ ।
बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको बैंकले जनाएको छ ।
यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता समेत जनाएको छ ।