बेरोजगार हुनुुहुन्छ ? यस्ता छन् रोजगारीका अवसर, वार्षिक करोड कमाइ हुन्छ



काठमाडौँ । व्यापार व्यवसाय वा अन्य कुनै रोजगारी गर्न चाहनेले कस्तो खोज्लान् वा कस्तो विषयलाई रोज्लान् । धेरैजसो स्थानमा अनुभव पनि खोज्ने, सुरु सुरुमा तलब समेत कम पाइने पनि हुन्छ ।

बेरोजगार बस्नुभन्दा केही मात्रै भएपनि कमाई गरु भन्ने धेरैको चाहना हुनसक्छ । नेपालमा रोजगारी पाउने विषय सबैभन्दा गाह्रो रहेको छ । शक्ति, स्वार्थ तथा आफन्त भए मात्रै जागिर पाउने अवस्था रहेको छ ।

स्वतन्त्र रुपमा काम गर्न चाहनेलाई पनि वातावरणले दिँदैन । लगानीको स्रोत खोज, अनेक झण्झन्ट व्योहोर्नुपर्ने अवस्था पनि उस्तै रहेको छ । नेपालमा मात्रै नभई संसारभर नै रोजगारीको विषय यस्तै रहने गरेको छ ।

रोजगार बन्ने वा स्वरोजगार बन्ने विषयमा जानकारी दिने एक वेवसाइटकाअनुसार यस्तो एउटा क्षेत्र हेर्नोस्, जसले तपाईलाई लामो समयसम्म धेरै कमाइ गर्नसक्ने क्षेत्र पत्ता लागोस् ।

सन् २०१९ का लागि रोजगार प्राप्त गर्ने उपाय सिकाउँदै उक्त बेबसाइटले भनेको छ फाइदा हुने र वर्तमानदेखि भविष्यसम्म तपाईलाई योग्य लाग्ने र काम गर्ने उत्साह बढाउने क्षेत्र रोज्नुस् र काम गर्न थाल्नुस ।

तपाईले आफूलाई यो काम गर्न सक्छु भन्ने लागेको मात्रै काम गर्नुस्, सक्दिन कि भन्ने जस्तो लागेको कुनै पनि काम नगर्नुस् । त्यसले तपाईलाई आम्दानी होइन उल्टै घाटा लगाउनेछ ।

तपाईले आफैं गर्न लागेको काममा उच्चा शिक्षा लिएको कुनै पनि प्रमाणपत्र जरुरी पर्ने छैन । त्यति मात्रै होइन कुनै लामो अनुभवको फेहरिस्त समेत चाहिने छैन ।

मात्रै तपाईको आफ्नो प्राप्त शैक्षिक योग्यता र काम गर्न स्क्छुृ भन्ने जागर भएपनि पुग्ने खालका अरुलाई साना र समान्य लाग्ने खालका रोजगारीको अवसर खोजी गर्नुस् । त्यसले तपाईलाई छोटै समयमा सफलता दिलाउनेछ ।

व्यवसायिक सोच राख्नुस्, व्यवसायिक बन्ने प्रयास गर्नुस् । आफ्नो काममा इमान्दार बन्ने संकल्प गर्नुस् । त्यसले धेरै ठूलो फाइदा दिनेछ ।

अरुलाई साना र सामान्य लाग्ने काम गर्दा ठूलो मात्रामा लगानी, पूँजी समेत जरुरी पर्ने छैन । इमानदार, कडा परिश्रम तथा सफल हुन्छु भन्ने आत्मविश्वास भए पुग्छ ।

त्यसले मात्रात्मक रुपमा तपाईलाई सफल बनाउन ठूलो बल प्रदान गर्नेछ । तपाई आफ्नो रोजगारीको आफै लगानीकर्ता वा आफंै नायक बन्न सक्नुहुन्छ । त्यसले तपाईको कमाई समेत स्वस्थ बनाउनेछ । तपाई आना लागि आफै बोस समेत बन्न सक्नुहुन्छ ।

बेरोजगार हुनुहुन्छ भने तपाई दक्ष बन्ने प्रयास गर्नु नै रोजगारीको अवसर खोज्ने ढोका खुल्नु हो । दक्ष कामदारको खोजी संसारभरमा जहाँ जहिल्यै पनि भरहेको हुन्छ । तपाई दक्ष हुनुहुन्छ भने तपाईलाई रोजगारी खोज्न ५० प्रतिशत सहज बन्न्ेछ । मात्रै तपाईले ५० प्रतिशत पहल गरे मात्रै हुनेछ ।

तपाई घरमै बसेर पनि धेरै राम्रा राम्रा अवसर प्राप्त गर्न सक्नुहुन्छ । संसारका जुनसुकै कुनामा पनि तपाई दक्ष हुनुहुन्छ, हातमा सीप छ, त्यतातिर प्रयास गर्नुभएको छ ।

आत्मसविश्वासी हुनुहुन्छ भने तपाईलाई संसारका जुनसुकै कुनाबाट पनि काम खोज्दै तपाई कहाँ आइपुग्छ । तपाई कामको पछाडि होइन, काम तपाईको पछाडि कुदेर आइपुग्छ ।

अमेरिककारे लेवर व्यूरोका अनुसार सन् २०२३ सम्म प्रत्येक वर्ष सफ्टवेयर इन्जिनियर र डेभलपरकाृे मात्र हरेक वर्ष १७ प्रतिशतको दरले वृद्धि हुँदै जानेछ । कम्प्युटरमा जानकार हुनुहुन्छ र तपाई सिर्जनात्मक हुनुहुन्छ भने तपाईले १ लाख डलर घरमै बसेर पनि कमाउन सक्नुहुन्छ । किनकी संसारभर नै सफ्टवेयर डेभलपरको काम गर्ने दक्ष जनशक्तिको खोजी अत्याधिक मात्रामा भइरहेको छ ।

नेपालमा समेत त्यस्ता व्यक्तिहरुको माग अत्याधिक रहेको छ । एक लाख डलर भनेको हालको नेपाली मुद्रामा रुपान्तरण गर्दा १ करोड बराबर हो । के तपाईलाई यस्तो अवसर त पर्खीरहेको छैन ।

स्वतन्त्र रुपमा बेवसाइट वा अन्य कुनै पनि सम्पर्क सञ्जालबाट यस्ता रोजगारीको अवसर खोज्न सकिन्छ र घरमै बसेर पनि राम्रो कमाई गर्न सकिन्छ । सिस्टम एनालाइटिस्ट, हार्डवेयर, सफ्टवेयर टेक्निसियन, नेटवर्क इन्जिनियर र सेक्युरीटि स्पेशलिस्टको माग पनि संसारभर नै रहेको छ ।

यस्तै भर्चुअल रियालिटीको क्षेत्रमा काम गर्ने जनशक्तिको पनि अत्याधिक माग रहेको छ । सन् २०२० सम्म त्यस्तो क्षेत्रको विश्वव्यापी साइज मात्रै ४० बिलियन डलर बराबरको पुग्नेछ ।

यस्तै घर मर्मत तथा डिजाइन परिवर्तन गर्ने काम पनि संसारभर नै राम्रो रोजगारीको अवसरको रुपमा रहेको छ ।

अमेरिकामा मात्रै यस्तो क्षेत्रमा काम गर्ने कामदारले राम्रो कमाई गर्ने गरेका छन् । यस्तै सफाई, सुरक्षा, घर तथा आवासको मर्मत तथा पेन्टिङको काम गर्ने अवसर पनि उत्तिकै रहेको छ ।


पुष्प दुलाल