नागरिक लगानी कोषमा जागिर खाने मान्छे भेटिएनन्, फेरि सूचना निकाल्ने तयारी

क्लिकमान्डु २०७५ फागुन १९ गते १४:०० मा प्रकाशित

काठमाडौं । नागरिक लगानी कोषलाई यतिबेला कर्मचारीका कारण निकै तनाब भएको छ । कोषले माघ २० गते दशौं र एघारौं तहमा एक–एक कर्मचारीका लागि करार सेवामा आवेदन माग गरेको थियो ।

आवेदन खुलेको २१ दिनमा आवेदन दिनु पर्ने भएपनि अहिलेसम्म कुनै पनि योग्य उमेद्वारले आवेदन नदिएको कोषका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार यति बेला माथिल्लो तहका कर्मचारी नभएका कारण काम गर्न पनि निकै समस्या भएको छ ।

माथिल्लो तहका कर्मचारीको आवश्यकता महशुस गर्दै कोषले दशौं तहमा व्यवस्थापक र एघारौं तहमा मुख्य व्यवस्थापकको लागि आकर्षक सेवा सुविधासहित आवेदन माग गरेको थियो ।

अहिलेसम्म कुनै आवेदन नपरेको भन्दै पुन सूचना जारी गर्ने तयारीमा रहेको जनाएको छ । बोर्डले आवेदन माग गर्दा अली बढी नै शर्त राखेको हो कि भन्ने कोषले आन्तरिक रुपमा महसुश गरेको समेत जनाएको छ ।

एक वर्षको लागि मात्र आवेदन खुलेको कारण आवेदन नपरेको होकी भन्ने सोचमा कोष रहेको स्रोतको भनाई छ ।  

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स