भारतमा सन् २०२१ सम्म ५ जी प्रविधि भित्रने,४ जीको तुलनामा २५ गुणा स्पीड नेपालमा कहिले ?



फिनल्याण्डको टेलिकम इन्विमेन्ट बनाउने कम्पनी नोकियाले भारतमा सन् २०२१ सम्म ५जीको सुरुवा हुने बताएको छ ।

यसको साथै ४जीको तुलनामा ५जीको इन्टरनेट स्पीड २५ गुणाले बढ्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजिव सुरीका अनुसार अमेरिका,दक्षिण कोरिया,चीन भारत सहित उदयमान बजारमा सन् २०२१ सम्ममा आउने पिढी अर्थात ५ जीको सुरुवात हुने छ । यसमा ठूलो रकम खर्च हुने अनुमान गरिएको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेलाई अमेरिकाले लगाएको प्रतिबन्धको कारण ५जीको लागत बढ्ने अनुमान गरिएको छ । अहिलेसम्म ५ जीमा कसैको पनि कपीराइट रहेको छैन ।

यद्यपी हुवावेलाई लागेको प्रतिबन्धको कारण यसमा ढिलाई हुने अनुमान गरिएको छ ।
एउटा मात्र कम्पनीसँग ५ जी निर्भर हुने छैन । नोकियाले यसमा काम गर्ने यसका सिइओले बताएका छन् । नोकियाका अनुसार यसको स्पीड ४ जीको तुलनामा २५ गुणा बढी हुने छ ।ऐजेन्सी


क्लिकमान्डु