फागुन अन्तिममा भीभोको भी १५ र प्रो आउँदै, के–के छन् विशेषता ?



काठमाडौँ । भीभोले भी सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले मार्चको पहिलो साता नेपाली बजारमा भी १५ र भी १५ प्रो नामको स्मार्टफोन ल्याउँने जनाएको छ ।

भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाइएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोही थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ ।

स्मार्टफोनमा सुपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ । फोटोग्राफीका लागि ४८ मेगा पिक्सेल प्लस ८ मेगा पिक्सेल प्लस ५ मेगापिक्सेलको त्रिपाल क्यामरा सेटअप हुनेछ ।

भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । भी भोले पहिलो पटक त्रिपाल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ ।

भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सुपर एमोलेड फुल एच डी प्लस स्क्रीन छ । त्यसै गरी फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ ।

स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । यसमा १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु र नेपालमा ४८ हजार रुपैयाँ हुने अनुमान छ । यसैबिच भी १५ प्रोको यूजर्स ह्याण्ड अन पिक्चर देखिएको छ जसमा नयाँ कलर अप्सन देखिन्छ ।

यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अनुमान गरिएको भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउन सक्ने देखिएको छ । भी १५ प्रोमा भएको पप अप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका साथमा भी १५ प्रोको लन्चसँगै भी भोले ग्राहकहरूलाई धेरै अप्सनसहित आकर्षित गर्न सक्नेछ ।

नेपाली बजारमा भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु