ह्वावे नोभा फोर नेपालमा सार्वजनिक, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन



काठमाण्डौँ– केही वर्षयता ह्वावेका स्मार्टफोनहरूले नेपालमा र विश्वभर निरन्तर ठूलो सफलता प्राप्त गरिरहेको छ । खासगरी नोभा सिरिज सार्वजनिक भएसँगै र त्यसको कीर्तिमानी ब्रिक्रीपछि ह्वावेलाई सबैभन्दा नवीन र आकर्षक डिजाइनहरू र प्रविधिका लागि सर्वोत्कृष्ट स्मार्टफोन उत्पादकका रूपमा मानिएको छ ।

नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ह्वावे कम्पनीले ल्याएको छ जुन पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४ हजार ९ सय रहेको छ ।

पछिल्ला आकर्षक डिजाइनहरू रूचाउने फेसनप्रेमी प्रयोगकर्ताहरूका लागि यो स्मार्टफोन बनाइएको हो । नोभा फोरमा पिनहोल डिस्प्ले राखेर ह्वावे यसअघि असम्भवप्रायः ठानिएको उपलब्धि हासिल गरेको छ ।

नोभा फोरमा नयाँ पिनहोल डिस्प्लेले मोबाइल फोन डिस्प्लेलाई नै पूर्णरूपमा पुनः परिभाषित गर्दछ। पिनहोल डिस्प्ले भनेको स्क्रीनमा होल भएको डिस्प्ले हो । थ्र्रुहोल डिजाइन प्रयोग गर्नुको साटो यो स्मार्टफोनमा ब्लाइन्ड–भाया डिजाइन प्रयोग गरिएको छ। पिनहोल डिस्प्ले नै यो विधाकै पहिलो प्रकारको हो र यसको डायमिटर ४.५ एमएम हुनसक्नुको कारण ह्वावे इन्जिनियरिङको प्रयासहरू नै हो।

ह्वावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा रहेको छ । यो डिजाइनले केही फरक चाहिरहेको प्रयोगकर्ताको चाहना बारे मात्र नभई ह्वावे नोभाका प्रयोगकर्ताहरूले ह्वावेको नोभा सिरिजबाट के चाहिरहेका छन् भन्ने झल्काउँछ । क्यामरालाई बाँयापट्टिको माथिल्लो भागमा राखेर यो स्मार्टफोनमा त्यस्तो खालको क्यामरा प्रणाली जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्दछ ।

अर्को उत्कृष्ट विशेषताका बारेमा भन्नुपर्दा ह्वावेले फूल भ्यू डिस्प्लेको सबै रणनीति नै परिवर्तन गरेको छ । यसको अर्थ भनेको यो नयाँ स्मार्टफोनले पोपअप र स्लाइडिङ डिजाइनको समस्या समाधान गरेको छ । ह्वावेले मोटोराइज्ड स्लाइडिङ र पोपअप डिजाइनहरूलाई तल्लो स्तरको मान्दछ किनभने यी डिजाइनहरू अनावश्यक रूपमा जटिल, बिग्रने वा धूलो जम्न खालका हुन्छन् । यी डिजाइनहरूले ह्वावेको सर्वोत्कृष्टताको स्तरअनुरूप छैनन् । त्यसैले ह्वावेले अझ भरपर्दो पिनहोल डिजाइन ल्याएको हो ।


क्लिकमान्डु