कलंकी-कोटेश्वर सडकखण्डमा ६ वटा आकाशे पुल निर्माण हुँदै



काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्डमा ६ वटा आकाशे पुल निर्माण हुने भएका छन् । बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खुमा गरी ६ स्थानमा पुल निर्माण गर्न लागिएको चक्रपथ योजना कार्यालयले बताएको छ ।

यसअघि कार्यालयले ३ स्थानमा आकाशे पूल निर्माण गरिसकेको छ । कोटेश्वर, ग्वार्को र बागडोलमा भने पुल निर्माण भई सञ्चालन समेत भइसकेको छ ।

अब बन्ने नयाँ आकाशे पुलहरु भने अपाङ्गमैत्री हुने कार्यालयका इन्जिनियर निरञ्नजन शर्माले बताए ।

‘एकातर्फ भ¥याङ हुनेछ भने अर्कोतर्फको भाग समथर हुनेछ, जसले अपाङ्गता भएका व्यक्तिहरुले ओहरदोहर गर्न सक्ने छन्,’ उनले भने ।

यसअघि ३ स्थानमा बनेका पुलहरुमा एकातर्फ मात्र भ¥याङ हुदाँ र्ओलन र झर्ने एकै स्थानबाट थियो भने नयाँ बन्ने पुलमा भने दुईतर्फ भ¥याङ हुदाँ झर्न र चढ्न सजिलो हुने इन्जिनियर शर्माले बताए ।

चीन सरकारले निर्माण गरिदिएको उक्त सडकखण्डमा जेब्रा क्रस, आकेशपुल, साइकल लेन नहुदाँ असुरक्षित भयो भन्ने जनगुनासो आएसँगै सुरक्षित बनाउनको लागि कार्यालयले आकाशेपूल निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

निर्माण हुन लागेको ६ वटा पूलको लम्बाई ४ किलोमिटर र उचाई ५ मिटरको रहने छ । एउटा पूलको लागत करिब ४ करोड अनुमान गरिएको छ भने सबै पूलहरु निर्माण हुनको लागि भने ३६ करोड लाग्ने देखिन्छ ।

नेपाल सरकार आफैंले निर्माण गर्न लागेको पूलहरुको डिजाइन भने दुईवटा रहेको छ ।

‘६ वटा पुललाई दुई खण्डमा विभाजन गरेर डिजाइन तयार गरेका छौं, जसअनुसार बालकुमारी, सातदोबाटो र एकान्तकुनाको एउटा शैली छ भने बाँकी रहेको महालक्ष्मीस्थान, सानेपा र बल्खुको अर्को शैलीमा निर्माण हुनेछ,’ इन्जिनियर शर्माले भने ।

शर्माका अनुसार बालकुमारी, सातदोबाटो र एकान्तकुनाको आकेश पुलको बीच भागमा पिल्लर रहने छ भने महालक्ष्मीथान, सानेपा र बल्खुको पुलको बीच भागमा पिल्लर हुने छैन ।

०७४ बाट पुल निर्माण सुरु गरिएकोमा हालसम्म २० प्रतिशतमात्र काम सकिएको छ । कार्यालयले ०७५÷७६ को असारम सान्तसम्ममा पुल निर्माण सक्ने लक्ष्य लिएको छ ।


पुष्प दुलाल