नेपालमा चाईल्ड सेफ्टी पोर्टल शुरु



काठमाडौं । इन्टरनेटमा रहेकाबाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथविकास गरिएको चाईल्ड सेफ्टी पोर्टल को एक कार्यक्रम विचशुरु गरिएको छ ।

उत्कृष्ट इन्टरनेटको लागि संगसँगैको नारा सहितनेपालमापहिलो पटक विश्व सुरक्षित इन्टरनेट दिवस ( मनाउने सन्दर्भमा फोरम फर डिजिटल ईक्वालिटी, ईन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाईन चाईल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायत स्थीत अन्तराष्ट्रिय संस्था ईन्टरनेट वाच फाउन्डेस संयुक्त पहलको रुपमा उक्तपोर्टलको लन्चगरिएको हो । हरेक फेब्रुअरी ५ तारिखमामनाइने वल्र्ड सेफर इन्टरनेट डे मनाईन्छ ।

ईन्टरनेटमा उपलब्ध बालहिंसा वायौन दुव्र्यवहार जन्य तश्वीर वा भिडियो सामाग्री फेला परेमा त्यसको लिंक, तस्विर, भिडियो यस अनलाईन पोर्टलमा पहिचान उल्लेख गरी वा न गरी जो सुकैले पनिउजुरी गर्न सक्नेछन ।

यसरी प्राप्तउजुरीलाई ईन्टरनेट वाच फाउन्डेशनले विकास गरेको आईडब्लुएफपोर्टलको टुल्स मार्फत प्राविधिक विश्लेषण गरी विस्तृत रुपमा प्रतिवेदनतयार गर्दछ । यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरी लगायत कानुन कार्यन्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि प्रयोग गर्न सक्नेछ ।


क्लिकमान्डु