बिराटनगरबाट बुधबारदेखि श्रम स्वीकृति


काठमाडौं । बिराटनगरबाट बुधबारदेखि श्रम स्विकृतिको सेवा सुरु हुने भएको छ ।

प्रदेश नम्बर १ बाट समेत सेवा सुरु हुन लागेको हो ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा ब्यबस्थापनको तयारी पूरा भएको श्रम कार्यालयले जनाएको छ ।

मन्त्रालयले सातै प्रदेशबाट श्रम स्वीकृतिको सेवा दिने योजना बनाएको छ ।