३८ कार्यकारिणीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ज्ञानेन्द्रजीले राजिनामा दिनुभयो: भवानी राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा भएको अनियमिता बाहिर ल्याएको भन्दै ज्ञानेन्द्रलाल प्रधानले कोषाध्यक्ष पदबाट राजिनामा दिएका छन् । तर, लिखित रुपमा भने राजिनामा आएको छैन । यो विषयमा महासंघ अध्यक्ष भवानी राणा मौन थिइन । यो विषयमा महासंघ अध्यक्ष राणासँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानी:

महासंघभित्रको कृषि उद्यम केन्द्रमा भएको भष्ट्रचारको वास्तविकता के हो ?

महासंघ अन्तर्गत कृषि उद्यमलाई प्रवद्र्धन गर्नको लागि कृषि उद्यम केन्द्रको स्थापना भएको हो । यसमा सुरज वैद्यदेखि लिएर कृष्ण ताम्राकारदेखि धेरैजनाले नेतृत्व गर्नु भएको छ । यसको सबै हिसाबकिताब पारदर्शी छन् । कुनैपनि खालको भष्ट्रचार भएको छैन ।

तर, भष्ट्रचारको कुरा बाहिर ल्याएकोमा तपाईले कोषाध्यक्षलाई त हटाउनुभयो नि ?

हाम्रो कार्यसमिति आएको अब २ वर्ष पुग्न लागेको छ । २ वर्षको अवधीमा ज्ञानेन्द्रजीले कार्यकारिणीको बैठकमा यो कुरा उठाउनु भएन । उहा महासंघको कोषाध्यक्ष हो । कार्यकारिणीमा कुरा नउठाउने र बाहिर भन्दै हिड्न मिल्दैन । महासंघको आंचारसहिताको उहाले उलंघन गर्नु भएको छ । महासंघको कार्यकारिणी सदस्यले सपथ लिदा भित्रको कुरा बाहिर लैजान नपाइने भन्ने हुन्छ ।

अर्को कुरा कोषाध्यक्षलाई मैले हटाएको होइन । महासंघको ३८ जना कार्यकारिणी सदस्यले ज्ञानेन्द्रजी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । उहाँले मौखिक रुपमा राजिनाको घोषणा गरेपनि लिखित रुपमा राजिनामा दिनु भएको छैन ।

महासंघमा विगतदेखि नै धेरै खालका असहमतिहरु थिए । धेरैजनाले बैठकमा नोट अफ डिसेन्ट समेत लेख्नु भएको छ । यो कुरा बाहिर त लग्नु भएन ।

भनेपछि अनियमिताको कुरा बाहिर लैजान नपाइने हो ?

पहिलो कुरा अनियमिता भएको छैन । बेरुजु देखिएको हो । भूकम्प गएपछि कतिपय जिल्लाले समयमा विवरण नपठाउदा बेरुजु देखिएको हो । बेरुजु अनियमिता होइन । बेरुजु फस्र्योट नभएको हो । दुईवर्षको अवधीमा ९ पटकसम्म कार्यकारिणीको बैठक बस्यो । त्यो बीचमा उहाँले कहिल्लैपनि यो कुरा उठाउनु भएन ।

महासंघमा यती लामो समयसम्म काम गरेको शकुन्ताला हिराचनजी हुनुहुन्छ । अरु साथीहरु हुनुहुन्छ । भित्र कुरा नउठाउने बाहिर भन्दै हिड्नुभयो । त्यो कुरा आएपछि कार्यकारिणी सदस्यहरुले नै उहा विरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि राजिनामा दिन्छु भनेर हिड्नुभयो ।

कृषि उद्यम केन्द्रको पैसामा तपाईहरु हेलिकप्टर चढेर हिड्नुभयो रे, फर्जी बिल बनाएर रकम हिनामिना गर्नुभयो रे, यसो गर्न पाइन्छ र ?

महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यले जिल्ला भ्रमणमा जाँदा हेलिकप्टरको प्रयोग गर्ने गर्छन् । व्यवसायी भएको हुँदा समय कम भएपछि हेलिकप्टर प्रयोग हुन्छ । यसमा कृषि उद्यम केन्द्रको पैसा प्रयोग हुँदैन । जुन जिल्लाको कार्यकम हो त्यहा जो व्यवसायी हेलिकप्टर चढेर जानु भएको छ सेयरिङ गरेर पैसा तिर्ने हो । केही दिन अगाडि हामी संखुवासभा गएका थियौ र अब मकवानपुर जादौ छौ सेयरिङ गरेर पैसा तिर्ने हो ।

नयाँ कोषाध्यक्षको निर्वाचन प्रक्रिया के हुन्छ ?

महासंघको विधानले कोषाध्यक्ष पदको निर्वाचन कार्यकारिणी सदस्यबाट चुन्ने भनेको छ । कार्यकारिणीको बैठक बसेपछि निर्णय हुन्छ ।


क्लिकमान्डु