काठमाडौं महानगरपालिकाले भन्यो- उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्छ (भिडियाेसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेका छन् ।
राजधानीमा महानगरपालिकाले ६ महिनामा गरेका कामको विवरणका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा डंगोलले प्राधिकरण खारेज गर्न माग गरेका हुन् ।
प्राधिकरणले आफुलाई मन नपरेको ५०/६० वटा भवनले मापदण्ड पुरा नगरेको भन्दै मान्यता नदिएर सम्पती रोक्का राखेको प्रति उनले असन्तुष्टि जनाए ।
उनले भने ‘मापदण्ड विपरित बनेका अन्य घरलाई रोक्का नराखि, कुरा नमिलेका केही घरमात्रै रोक्का राख्ने नियत ठिक छैन, हामीले मापदण्ड पुरा नभएको घरलाई प्रमाणीकरण गर्न खोजेको होईन, आफु अनुकुल मापदण्ड लागु गर्नु हुँदैन भनेका हौं ।’
डंगोलले अब जनताको समस्या साधान गर्ने बाटो तर्फ महानगर लागेको पनि जानकारी गराए ।
अब स्थानीय तहले आफ्नो काम आफै गर्ने भएकाले जनभावना अनुसार काम नगर्ने प्राधिरणको काम नभएको उनको तर्क छ । प्राधिकरणले अनुगमन पनि गर्न नसकेको र मापदण्ड पनि पालना गर्न नसकेको उनको दाबी छ ।
महानगर र प्राधिकरणबीच भवन निर्माण मापदण्डको विषयमा विवाद हुँदै आएको छ ।
‘प्राधिकरणले बनाएको मापदण्ड बलियो हुने, महानगरले बनाएको मापदण्ड कमशल हुने भन्ने पनि हुन्छन ?’ प्रवक्ता डंगोलले भने ‘हामीले बनाएको मापदण्ड पनि विज्ञ राखेर बनाएका छौं,जुन जनताको समस्या समाधान गर्ने खालको छ ।’
अहिलेसम्म मापदण्ड मिचेका घर नभत्काएको र अब प्रमाणीकरण गरेर मापदण्ड मिचेका घर भत्काउन थाल्ने पनि जानकारी गराए ।
उनले महानगरले ६ महिनाको अवधिमा गरेका ५८ वटा कामहरुको बारेमा जानकारी पनि गराए ।
जसमा महानगरले सबै वडा कार्यालयको भवन आफ्नै बनाउन २५ करोड बजेट छुट्टयाएको मध्ये ६ र ७ मा निर्माणधिन अवस्थामा रहेको २६ र १८ को शिलान्यास भएको, ४, ५, ९ र १४ को भवन खरिद प्रकृयामा रहेको जनाएको छ ।
महानगर भित्रका सडकभित्रका सडकको मर्मतका लागि १० करोड बजेट विनियोजन गरेको टेन्डरको प्रकृयामा गएको, आकाशे पुलका लागि १२ करोड विनियोजन गरेको लगायतका रहेका छन् ।
यस्तै विभिन्न ६० स्थानमा स्मार्ट सोलार डस्टबिन जडान गरेको, फोहोर मैलाको दिर्घकालीन समाधानको लागि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने सहमति भएको, निकट भविष्यमा इटालीबाट आफ्नै ५ वटा ब्रुमर ल्याउने योजना रहेको जानकारी गराए ।
भिडियाे हेर्नुहाेस