चन्द्रागिरिमा बाक्लो हिमपात (फोटोफिचर)



काठमाडौं । उपत्यकाको पर्यटकीय गन्तब्य चन्द्रागिरिमा बुधबार बाक्लो हिमपात भएको छ । काठमाडौं उपत्यकामा पानी पर्दा चन्द्रागिरिमा भने हिउँ परेको हो ।

पुस २३ गते पनि चन्द्रागिरिमा हिउँ परेको थियो । आजसहित गर्दा यो वर्ष चन्द्रागिरिमा दोस्रोपटक हिउँ परेको हो । आज निकै बाक्लो हिउँ परेको छ ।

‘पोहोरसाल निकै पातलो हिउँ परेको थियो, यो साल भने एक फिट बाक्लो हिउँ परेको छ,’ चन्द्रागिरि हिल्सका प्रबन्धक अभिषेक गिरिले क्लिकमाण्डूसँग भने, ‘अहिले हिउँ खेल्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।’


पुष्प दुलाल