मान्छेको कपालको लोभलाग्दो ब्यापारः पाकिस्तानसँग चीनले १ लाख किलो किन्यो



काठमाडौं । संसारमा बिक्री नहुने र खेर जाने कुनै पनि वस्तु बाँकी रहेको छैन । हरेक वस्तु बिक्री र प्रयोगका लागि योग्य हुन्छन् ।

यस्तै भएको पाकिस्तानमा । पाकिस्तानले चीनका विभिन्न कम्पनीलाई पछिल्लो ५ वर्षमा १ लाख केजी मानिसको कपाल बिक्री गर्ने गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रसारण गरेका छन् ।

पछिल्लो ५ वर्षमा १ लाख केजी मानिसको कपाल चीन निर्यात गरेको पाकिसतानको राष्ट्रियसभाको पछिल्लो बैठकमा जानकारी दिइएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार सामग्री प्रसारण गरेका छन् ।

उक्त परिमाणको कपालको मूल्य १ लाख ३२ हजार अमेरिकी डलर बराबरको रहेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा करिब १ करोड ३५ लाख बराबरको हुन जान्छ ।

पाकिस्तानको वाणिज्य तथा लत्ता कपडा मन्त्रालयकाअनुसार सन् २०१३ देखि २०१४ मा ८३ हजार ९०० केजी, २०१४ -२०१५ मा १३ हजार १५० केजी, २०१५-२०१६ मा १ हजार ४१० केजी, र सन् २०१७-२०१८ मा ७ हजारकेजी मानव कपाल चीन निकासी भएको थियो ।

चीप्नमा मानिसको कपाल प्रयोग गरेर अनेकन् सौन्दर्य साधनको उत्पादन हुने गरेको छ ।

चीनमा कपाल निर्यात गर्ने निर्यातकर्ताले हेयर हैसुलनमा कपाल जम्मा गर्न भाडा राखेका हुन्छन् । प्रतिकेजी ५ हजारदेखि ६ हजारसम्म औसतमा कपाल खरिद हुने गरेको छ ।

पाकिस्तानी सञ्चर माध्यम डनकाअनुसार पाकिस्तानटबा उच्च गुणस्तरको कपाल अमेरिका र जापानमा समेत निकासी हुने गरेको छ । ती देशका मनोररञ्जन उद्योगमा कपाल प्रयोग हुने गरेको छ ।

केही वर्ष अघिसम्म नेपालले पनि चीनलाई मान्छेको कपाल बेच्दै आएको थियो । चीनलाई मान्छेको कपाल बेचेर नेपालले वार्षिक ४०/५० लाख रुपैयाँ आम्दानी गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा केन्द्रिय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकमा यसबारे केही पनि उल्लेख छैन ।


पुष्प दुलाल