ग्लोबल आइएमइ बैंकको सीइओ जनक शर्माको राजिनामा स्वीकृत



काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । माघ ८ गते बसेको बैंक सञ्चालक समितिको ३१४ औं बैठकले सीइओ पौडेलको राजिनामा स्वीकृत गरेको हो ।

पौडेलको राजिनामा माघ ९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनी सचिव विष्णुप्रसाद बास्कोटाले जानकारी दिए ।

४ वर्षे कार्यकालका लागि नियुक्ति लिएका पौडेलले कार्यकाल पूरा नहुँदै पदबाट राजनामा दिएका थिए ।


पुष्प दुलाल