तामाकोशीको सेयरमा नेप्सेको लगानीकर्ता डुबाउने खेल, धेरै सेयर ब्रोकर संघ अध्यक्षको कम्पनीबाट खरिद
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामाकोशीको सेयर कारोबारमा गम्भिर लापरवाही गरेको छ ।
कुनैपनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढ्ने र घटेपछि नेप्सेले सेयर कारोबार रद्द गर्ने नियम छ । तर,तामाकोशीको सेयर कारोबार खुल्ला भएको १५ मिनेटमा नै ५० प्रतिशतले बढ्यो । सो अनुसारको कारोबार समेत भयो ।
नेप्सेको वेवसाइटमा प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएको छ अघिल्लो दिन प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो । १५ मिनेटमा नै ४७ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेको प्रणालीले तामाकोशीको सेयर कारोबारमा गम्भिर लापरवाही गरेको देखिन्छ । अघिल्लो दिन तामाकोशीको कारोबार हुँदा सेयर मूल्य स्थिर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो ।
जबकी अरु कम्पनी सूचिकृत भएर कारोबार गर्ने समयमा सेयर मूल्यमा उतारचढाव हुने गरेको थियो ।
१५ मिनेट सेयर कारोबार हेर्दा धेरैजसो सेयर भने स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरतरानाभाटको ब्रोकरबाट भएको छ । रानाभाटको ३५ नम्बर ब्रोकरबाट सेयर ठूलो रकम खरिद भएको नेप्सेको मार्केट डेप्थमा देखिन्छ ।