विश्वकै महंगो डिभोर्स, जेफ बेजोसले ६८ अर्ब अमेरिकी डलर दिएर पत्नीसँग डिभोर्स गरे



विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा गरेका छन् ।

धनीहरुको सम्पत्ति प्रकाशित गर्ने फोब्र्स म्यागेजिनको रियलटाइम सूचि अनुसार बेजोससँग १ खर्ब ३६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

जेफ र मैकेजीले ट्वीट गरेर आफुहरुले सम्बन्ध विच्छेद गर्न लागेको जानकारी दिएका थिए । यो डिबोर्ससँगै जेफको अमेजन कम्पनीमा भएको स्वामित्वमा भने असर पर्ने छ ।
अमेजनमा उनको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । वाशिटन पोस्ट र ब्लू ओरिजनमा पनि उनको स्वामित्व रहेको छ ।

डिभोर्ससँग हुने सम्पत्ति बाडफाँडपछि विश्वमा धनी व्यक्तिको सूचिमा समेत परिवर्तन हुने छ । सिएनबिसीका अनुसार मैकेजीलाई ६८ अर्ब अमेरिकी डलर सम्पत्ति मिल्न सक्छ । यद्यपी कानूनी प्रक्रिया पुरा हुँदा यो रकम भने केही फरक भने पर्न सक्छ ।

योसँगै मैकेजी विश्वकै सबैभन्दा धनी महिला हुने छन् । जेफ बेजोसको विश्वकै धनी व्यक्तिको अग्रस्थान खोसिने छ । यसपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै धनी व्यक्ति बन्ने छन् । सन् २०१७ को अक्टुबरबाट जेफ बेजोसको सम्पत्ति गेट्सको भन्दा बढेको थियो ।

अमेजन कम्पनीको केन्द्रीय कार्यालय वासिटन डिसीमा छ । जहा बेजोस दम्पत्तीको घर समेत थियो । डिसीको पारिवारिक कानूनी सेवा उपलब्ध गराउने फर्म इरविनका अनुसार वासिटनमा डिभोर्सपछि सम्पत्ति बराबर बाड्ने नियम रहेको छ ।


क्लिकमान्डु