अब पनि लगानीमैत्री ऐन नबने कोही पनि लगानी गर्न आउदैनः योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा(भिडियो सहित)



काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष शङकर शर्माले अब पनि औद्योगिक ऐन लगानीमैत्री नबनाउने हो भने उच्च जोखिम मोलेर कोही पनि लगानी गर्न नआउने बताएका छन ।

उद्योग मन्त्रालयले तयार पारेर औद्योगिक व्यवसाय ऐनको मस्यौदा माथिको छलफल कार्यक्रममा पुर्व उपाध्यक्ष शर्माले भने,‘ भारत, बङगलादेश लगायत अन्य देशमा सरकारले लगानीमैत्री ऐन बनाएका छन, लगानीपछि लगानीकर्ताले राम्रो प्रतिफल पाउने हुदाँ लगानीकर्ताहरु लगानी गर्न इच्छुक देखिन्छन् ।’

उद्योग स्थापनाका लागि सरकारले सक्दो सहयोग गर्ने हुनाले उद्योग व्यवसाय फस्टाएका छन । त्यसैले उनीहरुकोमा आयातको तुलनामा निर्यात धेरै हुने गर्दछ । उनले थपे,‘ बङ्गलादेशमा उत्पादन लागत कम छ, त्यसैले उनीहरु धेरै उत्पादन गर्न सक्छन तर हाम्रोमा उत्पादन लागत धेरै भएकाले धेरै उत्पादन गर्न सक्दैनौ जुन कुरा मनन गर्नु आवश्यक छ ।’

नेपालमा उद्योग व्यवसाय विभिन्न कारणले फस्टाउन नसक्दा अत्याधिक आयात बढेकोप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन । अब आउने औद्योगिक व्यवसाय ऐनमा अझैपनि केहि कुराहरु सुधार गर्नुपर्ने उनको राय छ । ‘नेपालको बजार सानो भएकाले धेरै जोखिम मोलेर कोहि पनि लगानी गर्न नआउने उनले बताए । लगानीमैत्री वातावरण नभएपछि स्वदेशी वा विदेशी लगानीकर्ता आकर्षित नहुनु स्वभाविक हो,’ उनले भने ।

लगानीमैत्री वातावरण बनाउनका लागि नितिगत सुधार गर्नुपर्ने उनको सुझाव छ । अहिले आउन लागेको औद्योगिक व्यवसाय ऐनमा दर्ता, स्वीकृति र लेखा प्रणाली स्वचालित बनाउने निति बन्न लागेको सकारात्मक पक्ष भएको उनले बताए ।

नेपालमा उद्योग स्थापना गरी सञ्चालन गर्न केहि मुख्य चुनौती रहेको उनले उल्लेख गरे । ‘समन्वयको अभाव एक प्रमुख समस्याको रुपमा रहेको छ,त्यसै गरी समयमा निर्णय नहुनु अर्को प्रमुख कारण रहेको  समयमा निर्णय नहुदाँ लगानी गर्न आएका धेरै विदेशी कम्पनी अन्य देशमा गएको प्रशस्त उदाहरण भएको छ,’उनले भने ।

अहिलेको ऐनमा आउन लागेका औद्योगिक करिडोरका कुराहरु गम्भिर रुपमा अघि बढ्न नसके यो चुनौतीपुर्ण रहेको समेत उनले बताए ।

हेर्नुहोस् भिडियो


क्लिकमान्डु