परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै, के के छ् एजेण्डा ?

क्लिकमान्डु २०७५ पुष २५ गते १७:३९ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ ।

मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।

भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नुहुनेछ । मन्त्री ज्ञवाली यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स