कृषि पर्यटन चितवन सम्बृद्धिकोका आधारः महासंघ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल



नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एव्म आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा आज बुधबार सम्बोधन गरेका छन् ।

महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने उल्लेख गरे ।

प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरु जस्तै – नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु जस्तै – जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपुर्ण योगदान दिन सक्छ सक्ने बताए ।

चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हँुदै गएकोमा प्रशन्नता ब्यक्त गरे ।


क्लिकमान्डु