बुध्द एयरको राजविराज उडान मार्च १ देखि



काठमाडौं । विगत २ दशक भन्दा बढी समयदेखि नेपाली आकाशमा सेवा प्रदान गरिरहेको नेपालको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले प्रदेश २ का दुई विमानस्थलमा विगत डेढ दशकभन्दा बढी समयदेखि सेवा दिदै आएको छ ।

यस क्रममा राजविराज विमानस्थलमा रि फुलिङका को लागि इन्धन ट्यांकर -बाउजर) उपलब्ध भए आउँदो मार्च १ देखि बुध्द एयरले एटिआर जहाजमार्फत् उडान गर्न तयार रहेको बताएको छ ।

हाल प्रदेश नं २ मा संचालनमा रहेका ३ वटा विमानस्थलमध्ये सिमरा र जनकपुर विमानस्थलमात्र पूर्ण संचालनमा रहेको छ । अर्को विमानस्थल राजविराज आंशिकरुपमा मात्र संचालनमा रहेको छ । तीन विमानस्थल रहेको प्रदेश २ मा जहाजलाई आवश्यक पर्ने इन्धन को कुनै सुविधा नभएको र त्यसको यथोचित व्यवस्था गरिदिन प्रदेश २ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेश दुईको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नागरिक उड्डयन कार्यालय राजविराज, नागरिक उड्डयन कार्यालय धनुषा, नागरिक उड्डयन कार्यालय बारा समेतलाई ध्यानाकर्षणमा बोधार्थ गरिएको छ ।

परापूर्वकालदेखि चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा परिचित र प्रदेश २ को पुरानो विमानस्थल रहेपनि राजविराजको यथोचित विकास भने भएको छैन । पछिल्लो समय विमानस्थलको स्तरोन्नति भएपनि बिभिन्न कारणले यसमा नियमित उडान संचालन हुन सकेको छैन । राजविराजमा यी बाहेक अन्य अनेकौं सम्भाव्यता रहेपनि उडान नियमित गर्न इन्धनको अभावले यो विमानस्थलमा ठूला विमान कम्पनीहरूले सेवा प्रदान गर्न नसकिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यो क्षेत्रमा उडान नियमित गर्नसके दक्षिण सीमावर्तीय भारतीय पर्यटक र उत्तर पहाडी, हिमाली भेगका जनतालाई अति नै उपयोगी सावित हुने निष्कर्ष निकालेको छ । जनकपुर र विराटनगरको बीचमा रहेको राजविराज विमानस्थलमा उडान सुचारु भए यसले यो क्षेत्रका जनतालाई उल्लेख्य फाइदा पुग्ने पनि कम्पनीले विश्वास लिएको छ ।

जानकी माताको जन्मभूमि जनकपुर विमानस्थलमा समेत र रात्रीकालिन उडानको सुविधा नभएको हुनाले बुध्द एयरले माग अनुसारको उडान सन्चालन गर्न नसकेको जनाएको छ । उसले सिमरा विमानस्थलमा को व्यवस्था भए व्यापारिक नाका वीरगन्जमा ओहोरदोहोर गर्ने व्यापारीबर्गलाई समेत पायक पर्ने गरि उडान थप्ने जनाएको छ ।

पत्रमा उल्लिखित बुँदाहरूमा यथाशिघ्र ध्यानाकर्षण गर्न बुध्द एयरले अपिल पनि गरेको छ ।


क्लिकमान्डु