१५ अर्ब नाफा गर्ने टेलिकम चलाउने जिम्मा १० तहका अधिकारीलाई



काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा डिल्ली अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद् स्रोतका अनुसार अधिकारीले प्रतिस्पर्धी बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै टेलिकमको प्रवन्ध निर्देशक पदमा नियुक्त भएका हुन् ।

अधिकारी टेलिकममा १० तहका कर्मचारी हुन् । अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत रहेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनको सम्मेलनमा भाग लिन सूचना संचारमन्त्री गोकुल बास्कोटाको नेतृत्वमा दुबई भ्रमणमा सामेल थिए । त्यो समयदेखि अधिकारी नै टेलिकमको प्रवन्ध निर्देशक हुने चर्चा थियो ।

१५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब नै नाफा गरेको थियो । टेलिकमको प्रवन्ध निर्देशकमा खुल्ला आवेदन गरिएको थियो । जसमा १० जनाको आवेदन परेको थियो भने ८ जनालाई व्यवसायिक कार्ययोजनाको प्रस्तुती दिनको लागि बोलाइएको थियो ।

सरकारले टेलिकमकी तत्कालिन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि प्रवन्ध निर्देशक पद खाली थियो । टेलिकमका २ करोड मोबाइल ग्राहक रहेका छन् ।


क्लिकमान्डु