वाइडबडी अनियमितता प्रकरणको छानविन गर्न सरकारले गठन गर्यो न्यायिक समिति
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता प्रकरणको छानविन गर्न सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।
बहालवाला पर्यटनमन्त्री नै अनियमितता प्रकरणमा दोषी देखिएको भन्दै संसदीय समितिले कारबाही गर्न सिफारिस गरेपछि सरकारले त्यसको छानविन गर्न समिति गठन गरेको हो ।
पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
पराजुली संयोजकत्वको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा छन् ।
वाइडबडी प्रकरणको जाँचबुझ गर्ने क्षेत्राधिकारसहितको समिति गठन गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ ।