महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त



काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।

पुस १७ देखि लागु हुने गरेर कम्पनीको संचालक समितिले चारवर्षको लागि भट्टराईलाई सिइओमा नियुक्त गरेको हो ।

रमेश कुमार भट्टराई वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ।

उनीसँग बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स लि।, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि। र महालक्ष्मी विकास बैंक लि।मा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।


क्लिकमान्डु