अमेरिकाले भन्यो-सरकारी एजेन्सीहरुमा चीनले ह्याक गर्यो



काठमाण्डौ । अमेरिकाले आफ्ना कयौँ सरकारी एजेन्सीहरुमा चीनले ह्याक गरेको आरोप लगाएको छ ।

अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई इशारा गर्दै उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरिरहेको आरोप लगाएको हो । अमेरिकाका सँगै ब्रिटेनले पनि चीनमाथि यस्तै आरोप लगाएको छ ।

चीनले दुवै देशबीच भएको आर्थिक आसूसी सम्झौता उल्लंघन गरिरहेको ब्रिटेनको आरोप रहेको छ ।


क्लिकमान्डु