संघ, प्रदेश र स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्न रोक



काठमाण्डौ । संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ । विभिन्न बहानमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो ।

कर्मचारी समायोजन प्रक्रिया थालिकोले सो प्रक्रिया नसकिँदासम्म कुनैपनि पदमा कर्मचारी भर्ना गर्न नपाईने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

हाल स्थानीय तह र प्रदेशमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न थालिएपछि सरकराले त्यसमा पूर्णरुपमा रोक लगाएको हो । कतिपय प्रदेश र स्थानीय तहमा कर्मचारीलाई करारमा राख्न थालिएपछि केन्द्रीय लोकसेवा आयोगले आपत्ति जनाउँदै आएको थियो ।


क्लिकमान्डु