१६ % शेयर लाभांश वितरण गर्ने प्राइम कमर्सियल बैंकको घोषणा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४\०७५ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको पुस ५ गते सम्पन्न बैठकले सो शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई बितरण हुनेछ ।