सेयर बजार सुधार गर्न माग गर्दैै आमरण अनशन बसेका ढकाल र कोइरालाले तोडे अनशन



काठमाडौं । सेयर बजार सुधारको माग राख्दै आमरण अनशन बसेका सेयर लगानीकर्ता हरि ढकाल र तिलक कोइरालाले आमरण अनशन तोडेका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुझाएको कार्यदलले बजार विकासका लागि गर्नुपर्ने सुझाव दिएको भन्दै ढकाल र कोइरालाले आमरण अनशन तोडेका हुन् ।

सेयर लगानीकर्ता ढकाल तथा पत्रकार समेत रहेका कोइराला गत सोमबारदेखि नेप्सेमा आमरण अनशन बसेका थिए ।

मुद्रा र पुँजी बजार सुधार गर्न गठन भएको कार्यदलको सुझाव कार्यान्वयन गर्न अर्थमन्त्री डा खतिवडाले निर्देशन दिएका थिए । सो अनुसार राष्ट्र बैंकले निर्देशिका ल्याउने जनाएको छ ।

लगानीकर्ताले उठाएका धेरै माग सम्बोधन भएको हुँदा ढकाल र कोइरालाले आमरण अनशन तोडेका सेयर लगानीकर्ता ताराप्रसाद फुन्जेलले जानकारी दिए ।


क्लिकमान्डु