अमेरिकी पूर्व राष्ट्रपति ओबामा काँधमा धोक्रो बोकेर अस्पतालमा !



काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा क्रिसमसको अवसरमा काँधमा उपहारको धोक्रो बोकेर पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगेका छन्।

काँधमा बालबालिकालाई दिने उपहारको बोरा बोकेर उनी हिँड्दै गरेको तस्बिर र भिडियो अहिले सञ्चार माध्यममा भाइरल भएको छ। ओबामाले बासिंटन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटलका बाल बालबालिकालाई उपहार बाँडेका छन्।

शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर ओबामा अस्पताल अस्पताल पुग्दा धेरै व्यक्ति आश्चर्यमा परेका थिए। ओबामाले अस्तालमा उपचार गराईरहेका बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएका बासिंटन पोस्टले छापेको छ।

उनले बालबालिकासँग डेढ घन्टा विताए । त्यसक्रममा ओबामाले चिकित्सक तथा नर्ससँग भलाकुसारी पनि गरेका थिए। बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ। (एजेन्सीहरुबाट)


क्लिकमान्डु